नियम ८७
बेपत्ता भएको सैनिक व्यक्तिको निवृत्तिभरण र उपदान
(१) कुनै सैनिक व्यक्ति हराई बेपत्ता भई दुई वर्षसम्म मरे बाँचेको पत्ता नलागेमा त्यस्तो सैनिक व्यक्तिले नियम ७९ र
८० बमोजिम पाउने उपदान वा निवृत्तभरणको रकम निजले इच्छाएको व्यक्ति वा निजको परिवारको नजिकको व्यक्तिलाई दिइनेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम ८० बमोजिम निवृत्तभरण पाउने अवधि पुगी सकेको व्यक्ति निवृत्तभरण लिन नपाउँदै बेपत्ता भएमा सात वर्षसम्म र निवृत्तभरण पाउन थालेपछि बेपत्ता भएमा सात वर्ष पुग्न बाँकी अवधिसम्म निजले इच्छाएको व्यक्ति वा निजका परिवारको नजिकको व्यक्तिलाई निवृत्तभरणको पूरै रकम र सो अवधिपछि पति वा पत्नीलाई आजीवन निवृत्तभरणको आधा रकम पारिवारिक निवृत्तभरण दिइनेछ ।
(२क) उपनियम (१) र (२):मा जुनसुकै कुरा लेखिएको भए तापनि जङ्गी कारबाही वा सेना परिचालन भएको वखत कुनै -सैनिक व्यक्ति बेपत्ता भएमा निजको परिवारको सबैभन्दा नजिकको हकवालाले नियम दु्ड को उपनियम (६) बमोजिमको पारिवारिक निवृत्तभरण र पारिवारिक उपदान पाउनेछ।
(२ख) उपनियम (१), (२) र (रक) मा जुनसुकै कुरा लेखिएको भए तापनि जङ्गी कारबाही वा सेना परिचालन भएको बखत कुनै सैनिक व्यक्ति बेपत्ता भएमा त्यस्तो सैनिक व्यक्तिको नजिकको हकवालाले नियम दडइ को उपनियम (७) बमोजिमको सुविधा समेत पाउनेछ ।
(३) उपनियम (१), (२), (२क) र (२ख) बमोजिम भुक्तानी दिइसकेको उपदान वा निवृत्तभरण वा पारिवारिक निवृत्तभरण रकममा पछि फेला परेको व्यक्तिले दावी गर्न पाउने छैन ।